images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • डेडिकेटेड फिडर र ट्रंक लाइन उपभोक्तालाई...

डेडिकेटेड फिडर र ट्रंक लाइन उपभोक्तालाई बक्यौता तिर्न प्राधिकरणको सूचना

डेडिकेटेड फिडर र ट्रंक लाइन उपभोक्तालाई बक्यौता तिर्न प्राधिकरणको सूचना

images
images
आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • काठमाडौँ । असोज १२, नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइन मार्फत विद्युत् सेवा लिइरहेका उपभोक्ताहरूलाई २१ दिनभित्र बक्यौता महसुल अनिवार्य रूपमा तिर्न सूचित गरेको छ।

    images
    images

    प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादसम्म महसुल नतिरे कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिएको छ। यसअघिका पुनरावलोकन सँग सम्बन्धित सम्पूर्ण प्रक्रिया र कारबाहीहरू खारेज गरिइसकेको प्राधिकरणले जनाएको छ।

    images
    images

    प्राधिकरण सञ्चालक समितिको २०८२ असोज १० गते बसेको बैठकको निर्णय अनुसार जारी गरिएको सूचनामा, आउँदो कात्तिक १७ गते (२०८२ साल) भित्र बक्यौता महसुल तिर्न उपभोक्ताहरूलाई अन्तिम मौका दिइएको उल्लेख छ।

    बक्यौता तिर्ने उपभोक्ताहरूलाई मासिक किस्ताबन्दीमा रकम बुझाउने सुविधा पनि दिइने भएको छ। इच्छुक उपभोक्ताहरूले बढीमा २८ महिना सम्म किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

    प्राधिकरणले समयमै महसुल नतिरे विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend