images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कारागारबाट फरार १२ जना कैदीबन्दी गोरखामा...

कारागारबाट फरार १२ जना कैदीबन्दी गोरखामा पक्राउ

कारागारबाट फरार १२ जना कैदीबन्दी गोरखामा पक्राउ

images
images
आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • काठमाडौँ । असोज १२, हालैको जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार तथा सुधार गृहबाट फरार भएका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार उनीहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पुनः सम्बन्धित कारागार तथा सुधार गृहमा पठाइएको छ।

    images
    images

    प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कास्की कारागारका ७ जना, केन्द्रीय कारागार जगन्नाथदेवलका ३ जना, तनहुँ कारागारका १ जना र बालसुधार गृह सानोठिमी, भक्तपुरबाट १ जना रहेका छन्।

    पक्राउ पर्नेहरू यस प्रकार छन्ः कास्की कारागारः विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार, सोनामा दोर्जे लामा, केन्द्रीय कारागार, जगन्नाथदेवलः भरत ठकुरी, सुमन सुनदास, भुवन तामाङ,तनहुँ कारागारः विशाल उपरकोटी,बालसुधार गृह, सानोठिमीः सुस्मा मग्राती

    images
    images

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकका अनुसार पक्राउ परेका मध्ये अधिकांशको स्थायी ठेगाना गोरखा जिल्ला रहेको छ भने केही अन्य जिल्लाका पनि छन्।

    एसपी विकले अन्य फरार कैदीबन्दीहरूको विस्तृत विवरण संकलन भइरहेको र उनीहरूको खोजी कार्य तीव्र गतिमा जारी रहेको जानकारी दिनुभयो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend