images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • विपिन जोशीको रिहाइको पहलका लागि आमा...

विपिन जोशीको रिहाइको पहलका लागि आमा र बहिनी अमेरिका प्रस्थान

विपिन जोशीको रिहाइको पहलका लागि आमा र बहिनी अमेरिका प्रस्थान

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौँ । असोज ९, हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि आमा पदमा जोशी र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

    images
    images

    विपिनको रिहाइका लागि अन्तरराष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले अमेरिका जाने कार्यक्रम तय गरिएको पुष्पा जोशीले जानकारी दिइन्। “यसअघि हामी इजरायल गएका थियौं, अहिले भने अन्तरराष्ट्रिय मञ्चमा दाइको रिहाइका लागि अमेरिका जान लागेका हौँ,” उनले भनिन्, “यो अन्तरराष्ट्रिय मुद्दा भएकाले अन्य देशका नागरिकहरूलाई पनि आवाज उठाउन विनम्र अनुरोध गर्छु।”

    यसअघि इजरायल सरकारले विपिनको परिवारलाई तेलअविव पुर्‍याएको थियो। यसपटक पनि इजरायल सरकारकै सहकार्यमा संयुक्त राष्ट्रसंघ सम्म पुग्ने तयारीका साथ अमेरिका यात्रा भइरहेको जनाइएको छ।

    images
    images

    गत शनिबार हमासले विपिन सहित ४८ जना बन्धकको ुबिदाइ तस्बिरु सार्वजनिक गरेको थियो। विपिनको परिवारले इजरायली आक्रमण तीव्र भएपछि दबाब सिर्जना गर्न तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशंका व्यक्त गरेको छ।

    विपिनका पिता महानन्द जोशीले छोराको रिहाइका लागि नेपाल सरकार अझ सक्रिय हुनुपर्ने बताए। “सरकारले कतार लगायतका देशहरूसँग पहल गरे विपिन फर्किएलान् भन्ने आशा छ,” उनले भने, “अब पनि हामी छोराको सकुशल रिहाइको प्रतीक्षामा छौं।”

    सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विपिन सहितका नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परेका थिए। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिन सहित केही विद्यार्थीहरू बन्धक बनिएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend