images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • सिरहामा विद्युत् चुहावट बढ्दै, कानुनी कारबाहीमा...

सिरहामा विद्युत् चुहावट बढ्दै, कानुनी कारबाहीमा कडाइ गर्ने तयारी

सिरहामा विद्युत् चुहावट बढ्दै, कानुनी कारबाहीमा कडाइ गर्ने तयारी

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं । सिरहामा विद्युत् चुहावटको मात्रा हरेक वर्ष बढ्दै गएको पाइएको छ ।नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चुहावटको मात्रा ३१ दशमलव ६५ प्रतिशत रहेकामा आव २०८१/८२ मा यो बढेर ३८ दशमलव १० प्रतिशत पुगेको छ । हालैको तथ्यांकअनुसार आव २०८२/८३ को साउनसम्ममा चुहावट झनै बढेर ४४ दशमलव ४६ प्रतिशत पुगेको छ ।

    images
    images

    वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार चुहावटको मुख्य कारणमध्ये एक हुकिङ गरेर अत्यधिक मात्रामा कृषि मिटरको दुरुपयोग हुनु हो । लामो खडेरीका कारण धान रोपाइँ तथा सिँचाइका लागि केही लचिलो नीति अवलम्बन गरिए पनि प्राधिकरण अब कडाइका साथ चोरी नियन्त्रणमा लाग्ने उनले स्पष्ट पारेका छन् ।  उनले भने, “यस वितरण केन्द्रबाट १७ हजार कृषि मिटर वितरण गरिए पनि किसानले मुस्किलले पाँच हजार मिटरमात्र खेतमा राखेका छन्, बाँकी सबै घरमै राखेर दुरुपयोग गरिएको छ ।” कृषि मिटरको सुरक्षित प्रयोग नगर्दा बर्सेनि मानिसको मृत्युसमेत भइरहेको जानकारी दिँदै गुप्ताले विद्युत् चोरीलाई नियन्त्रण गर्न कानुनी कारबाहीलाई कडाइका साथ कार्यान्वयन गरिने बताए। 

    प्राधिकरणका अनुसार विद्युत् चुहावटको प्रमुख कारणमध्ये चोरीलाई न्यूनीकरण गर्न सके यसले चुहावट नियन्त्रणमा टेवा पुर्याउनुका साथै प्राधिकरणको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्नेछ । यसका लागि प्राधिकरणले मिटरको माग गर्दा तोकिएको समयमै मिटर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।कार्यालयले विद्युत् चोरीलाई सामाजिक अपराधका रूपमा स्थापित गर्दै स्थानीय तहसँग साझेदारीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । विद्युत् चोरी नियन्त्रण ऐन, २०५८ अनुसार चोरीबाट वितरकलाई हानि भएमा सोबापतको क्षतिपूर्ति तिर्नुपर्नेछ । यदि कसुर पुनः दोहोरिएमा वास्तविक हानिको दुई सय प्रतिशतसम्म क्षतिपूर्ति कसुरदारले बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

    images
    images

    सिरहामा प्राधिकरणको लहान, मिर्चैया र सदरमुकाम सिरहामा गरी तीनवटा वितरण केन्द्र छन् । जसमध्ये लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका तथा बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी र भगवानपुर गाउँपालिका रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend