काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर सूचिकृत भएको छ ।
नेप्सेमा आज यस कम्पनीको सवा ६१ लाख बढी कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ। कम्पनीले हालै आफ्ना सेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।यो सूचिकृत सेयर भोलि बुधबारबाट कारोबारमा आउनेछ ।




.gif)





