images

२०८३ आश्विन २३ गते

images
images
images

पिपुल्स पावरको लिलामी सेयर बाँडफाँड

पिपुल्स पावरको लिलामी सेयर बाँडफाँड

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं । पिपुल्स पावर लिमिटेडले भदौ १५ देखि २२ गतेसम्म लिलाममार्फत् खुला गरेको सेयर बाँडफाँड गरेको छ।कम्पनीले यसअघि हकप्रद सेयर बाँडफाँड गर्दा बाँकी रहेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलाम मार्फत् बिक्री गर्न बोलपत्र आह्वान गरेको थियो।

    images
    images

    बिक्री अवधिभर परेका बोलपत्रहरू भदौ ३० गते खोलेर आवश्यक प्रशोधन गरी असोज ५ गते सञ्चालक समितिको रोहबरमा आवेदककर्तालाई बाँडफाँड गरेको हो।

    बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) २६१.५० रुपैयाँ कायम भएको छ भने यही मूल्यमा बोलपत्र पेस गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको जनाएको छ।साथै सेयर नपरेकाहरूको रकम आजदेखि नै फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend