images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ पूरक परीक्षा असोज ७...

कक्षा १२ पूरक परीक्षा असोज ७ र ८ मा हुने

कक्षा १२ पूरक परीक्षा असोज ७ र ८ मा हुने

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौँ । असोज ६, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते हुने भनिएको परीक्षा देशको वर्तमान अवस्थाका कारण तालिका संशोधन गरी नयाँ मिति तोकिएको बोर्डले जनाएको छ।

    images
    images

    बोर्डका अनुसार, असोज ७ गते अनिवार्य अङ्ग्रेजी (विषय कोड ००४१) को परीक्षा हुनेछ। एक विषयको पूरक परीक्षा दिने विद्यार्थीहरूका लागि यो एक मात्र परीक्षा हो भने, दुई विषयमा पूरक परीक्षा दिने परीक्षार्थीले साना कोड नम्बर भएको विषयको परीक्षा सोही दिन दिनेछन्। यदि परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी (००४१) र अनिवार्य नेपाली(००२१) दुवैमा पूरक परीक्षा दिन लागेका छन् भने पहिलो दिन उनीहरूले अनिवार्य अङ्ग्रेजीको परीक्षा दिनेछन्।

    त्यस्तै, असोज ८ गते दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीहरूले आफूले परीक्षा दिन लागेको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन्। उक्त दिन पनि अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछ।

    images
    images

    राष्ट्रिय परीक्षा बोर्डले यसअघि नै परीक्षा केन्द्रहरू निर्धारण गरिसकेको जानकारी दिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend