images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • गुल्मीको मदाने गाउँपालिकाले शिक्षकलाई दियो अभिमुखीकरण...

गुल्मीको मदाने गाउँपालिकाले शिक्षकलाई दियो अभिमुखीकरण तालिम

गुल्मीको मदाने गाउँपालिकाले शिक्षकलाई दियो अभिमुखीकरण तालिम

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले विद्यालय शिक्षामा गुणस्तर बढाउन प्रधानाध्यापक र शिक्षकलाई तालिम दिएको छ ।पहिलो पटक पालिकाभित्रका सम्पूर्ण विद्यालय शिक्षक र प्रधानाध्यापकलाई समेट्दै गाउँपालिकाले तालिम आयोजना गरेको हो ।

    images
    images

    कार्यक्रमको पहिलो चरणमा गाउँपालिकाका सबै ४५ जना प्रधानाध्यापकलाई विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने प्रक्रियाबारे अभिमुखीकरण दिइएको थियो ।त्यसपछि अनुसन्धानमा आधारित प्रमाण र तथ्यहरूसहित ३०६ जना शिक्षकलाई पनि प्रशिक्षित गरिएको छ ।गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न सत्रमा उनले शिक्षा क्षेत्रमा गुणस्तर प्रवर्द्धनका लागि गाउँपालिका लगानी गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रमका प्रशिक्षक सह–प्राध्यापक डा. विष्णु प्रसाद पोखरेलले अनुसन्धानका निष्कर्षका आधारमा शिक्षक, विद्यार्थी र अभिभावकको अपेक्षाबारे प्रस्तुति दिँदै शिक्षा क्षेत्रमा अनुसन्धान र विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।उनले शैक्षिक पलायन प्रमुख समस्या भएको भन्दै यसलाई अनुसन्धानमार्फत हस्तक्षेप गरेर समाधान गर्नुपर्नेमा जोड दिए ।शिक्षकहरूको प्रस्तुति सत्रको अध्यक्षता शिक्षा शाखा अधिकृत नारायण पन्थीले गरेका थिए भने वरिष्ठ संकाय सदस्य खिम बहादुरले सञ्चालन गरेका थिए ।

    images
    images

    सहभागी अर्जुन अर्यालले यो नयाँ कार्यक्रम भएको र यसको कार्यान्वयनले विद्यालय शिक्षाको गुणस्तर सुनिश्चिततामा योगदान पुग्ने धारणा राखे ।त्यस्तै, सहभागी मदन बहादुर कुँवर, क्षेत्री भीम कुमारी थापा, तारा पन्थी र अर्जुन भुसालले अनुसन्धान तथा विकास सम्बन्धी कार्यक्रम हरेक वर्ष दोहोरिनुपर्ने माग गरे ।यस वर्षको नीतिगत प्राथमिकताका लागि कार्यशालामा संलग्न सहभागीहरूको सुझावलाई समेत समेटिने गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend