images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • हमासद्वारा बिदाइ तस्बिर सार्वजनिक, नेपाली युवा...

हमासद्वारा बिदाइ तस्बिर सार्वजनिक, नेपाली युवा विपिन जोशीको तस्बिर पनि समावेश

हमासद्वारा बिदाइ तस्बिर सार्वजनिक, नेपाली युवा विपिन जोशीको तस्बिर पनि समावेश

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • गाजा, इजरायली सेनाले गाजा सहरमा आक्रमण तेज पार्दै गर्दा हमासले गाजामा रहेका ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। तीमध्ये नेपाली युवा विपिन जोशीको तस्बिर पनि देखिएको छ।

    images
    images

    सशस्त्र समूह ‘कसम ब्रिगेड’ले शनिबार सार्वजनिक गरेको तस्बिरमा जीवित र मृत दुबै बन्दीहरू छन्। प्रत्येक तस्बिरमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अरादको नाम उल्लेख गरिएको छ। अरादलाई हिजबुल्लाहले नियन्त्रणमा लिएको थियो, र उनको मृत्युको पुष्टि अझै नभए पनि मृत मानिन्छ।

    हमासले दिएको सन्देशमा भनिएको छः “नेतान्याहुको अस्वीकार र जमिरेको समर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु हुँदा यो एक बिदाइ तस्बिर हो।”

    images
    images

    यो टिप्पणी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास सँग सम्झौता गर्न अस्वीकार गरेका सँग जोडिएको छ। त्यस्तै, इजरायली सेना प्रमुख इयाल जमिरेले पनि गाजा कब्जाको योजना प्रति असहमति जनाए पनि आक्रमणको नेतृत्व गरेका छन्।

    इजरायली अधिकारीहरूका अनुसार गाजामा अझै करिब २० बन्दी जीवित रहेको अनुमान छ, यद्यपि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संख्या २० भन्दा कम हुनसक्ने बताएका छन्। दुबै नेताले जीवित र मृत सबै बन्दीहरू फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन्।

    हमासले भने युद्धको चर्किएसँगै बन्दीहरूको जीवन थप जोखिममा परेको र केहीको मृत्यु इजरायली बमबारीबाट भएको दाबी गरेको छ। बन्दीहरू गाजा सहरका विभिन्न क्षेत्रहरूमा छरिएर राखिएको दाबी पनि गरिएको छ।

    भयानक मानवीय क्षति
    गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर २०२३ मा सुरु भएको युद्धयता कम्तीमा ६५,२०८ प्यालेस्टिनीको मृत्यु भएको छ भने १,६६,२७१ जना घाइते भएका छन्। मार्च १८ मा युद्धविराम तोडिए पछि मात्रै १२,६५३ जना मारिएको र ५४,२३० भन्दा बढी घाइते भएको जानकारी दिइएको छ।

    भोकमरी र सहायता संकट पनि तीव्र रूपमा बढेको छ। पछिल्लो २४ घण्टामा मात्र ४ जना सहायता खोज्ने व्यक्तिको मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन्। युद्ध सुरु भएयता सहायता खोज्दा मारिनेको संख्या २,५१८ पुगेको छ।

    इजरायली सेनाले गाजा सहरलाई युद्ध क्षेत्र घोषणा गर्दै थुप्रै घरहरूमा आक्रमण गरेको छ, जसले हजारौंलाई विस्थापित बनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend