images

२०८३ आश्विन १६ गते

images
images
images

बाढी पहिरोका कारण १८ वटा सडक पूर्णरूपमा अवरुद्ध, १६७ एकतर्फी चालु

बाढी पहिरोका कारण १८ वटा सडक पूर्णरूपमा अवरुद्ध, १६७ एकतर्फी चालु

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । अविरल वर्षाका कारण देशका १८ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।  १६७ स्थानमा सडक एकतर्फी रूपमा चालू रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार शनिबार यता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण ७ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् । दर्जनौँ सडक अवरुद्ध भए पनि तत्काल मर्मत गरी सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । बाँकी ७ सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको समेत विभागले जनाएको छ ।

    images
    images

    आइतबारदेखि म्याग्दीको काभ्रे भीरमा, गुल्मीको राक्सेमा र बागलुङको बेलबगरमा सडक अवरुद्ध छ । तानसेन रिडी–कोरला सडक खण्ड अन्तर्गत पर्ने त्यो सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको हो । यस्तै पहिरोका कारण बैतडीको झुलाघाटस्थित मध्य पहाडी राजमार्ग र दार्चुलाको रानिबासस्थित दार्चुला टिंकर सडक पूर्णरूपमा अवरुद्ध छ । त्यस्तै अर्घाखाँचीको निगाली देउरालीमा पहिरोका कारण बुर्तीवाङ–ढोरपाटन सडक र ओखलढुङ्गाको भडारे खोलामा पहिरो जाँदा मध्य पहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको जनाइएको छ ।

    यसैगरी बाढीका कारण रसुवाको टिमुरे तातोपानीमा मितेरी पुल बगाउँदा र स्याउ पार्किङमा सडकमा क्षति हुँदा स्याफ्रुबेँसी –रसुवागढी सडक दुई महिना (असार २४) यता पूर्ण रूपमा अवरुद्ध छ  ।त्यस्तै हुम्लाको पैमा खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग एक महिनादेखि पूर्णरुपमा अवरुद्ध बनेको छ । संखुवासभागको बरुण नदीले डाइभर्सन बगाउँदा दुई महिनादेखि कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम किमाथांका सडक, ताप्लेजुङको फक्ताङ्लुङको रानी बेलीब्रिज बगाउँदा दुई महिनादेखि तमोर करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।

    images
    images

    उता, पश्चिम रुकुमको रिजगाड उसुम खोला र छलगाड भन्ने स्थानमा पहिरो जाँदा भेरि करिडोर,  रोल्पाको पुतलाचौर ग्राम्जिममा  पहिरो जाँदा शहिदमार्ग, दैलेखको बागडुल्लामा पहिरोले जुम्ला सडक पूर्ण रूपमा अवरुद्ध छ ।यस्तै सङ्खुवासभाको अल्फटेमा पनि सडक अवरुद्ध छ । साथै पहिरोका कारण सिन्धुपाल्चोकको कोदारी र घट्टेखोला नजिक डेढ महिनादेखि अरनिको राजमार्ग अवरुद्ध छ ।त्यस्तै अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन  गरी सडक खुलाउने कार्य भइरहेको विभागले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend