काठमाडौं ।जेन–जी प्रदर्शनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आज असोज २ गते बिहीवारका दिनदेखि नियमित रुपमा सञ्चालनमा आएको छ ।नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशन अनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्न थालेको हो ।
यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेन–जी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजदेखि बजार सञ्चालनमा आउने भएको हो ।
भदौ २३ गते अन्तिम पटक शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से परिसूचक १ दशमलव ३२ प्रतिशत अर्थात् ३५ दशमलव ९९ अंक गिरेर २,६७२ दशमलव २५ विन्दुमा बन्द भएको थियो ।बजार बन्द भएको लामो समयपछि कारोबार खुल्दा लगानीकर्तामा उत्साह देखिएको छ । धेरैले शेयर बजार खुल्नु पर्ने भन्दै दवावसमेत दिएका थिए । तर, लगानीकर्ताहरुमा उत्तिकै अन्यौल पनि छ । बजार फेरि घट्ने त होइन भन्ने डर, प्रायः नवीन र साना लगानीकर्तामा बढी देखिएको छ ।बजार बन्द हुँदा ठूला–साना सबै किसिमका लगानीकर्ताहरुलाई आर्थिक घाटा भएको छ । विशेष गरी नियमित रुपमा कारोबार गर्ने ट्रेडरहरु यसबाट प्रभावित भएका छन् ।




.gif)





