images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिकमले विभिन्न डाटा र कम्बो...

नेपाल टेलिकमले विभिन्न डाटा र कम्बो अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न डाटा र कम्बो अफर सार्वजनिक

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पूरा भएको अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ विशेष रुपमा मनाइने भएको छ। यही अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विभिन्न डाटा र कम्बो अफर सहितको ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गरेको छ।

    images
    images

    टेलिकमका अनुसार यो अफर असोज २ गतेदेखि ४ गतेसम्म लागू हुनेछ। अफर अन्तर्गत, रु. ४९ मा १ एमबीपीएस अनलिमिटेड डाटा र १०० मिनेट अन–नेट भ्वाइस सुविधा १ दिनका लागि उपलब्ध हुनेछ।

    यसैगरी, टेलिकमले विभिन्न अवधि र मूल्यमा डाटा प्याकेजहरू पनि उपलब्ध गराउने भएको छः

    images
    images

    रु. १११ मा ५ दिनका लागि ६ जीबी डाटा,रु. १९९ मा ७ दिनका लागि १३ जीबी डाटा,रु. २९९ मा १२ दिनका लागि २० जीबी डाटा,रु. ३९९ मा १५ दिनका लागि ३० जीबी डाटा

    फेस्टिभ कम्बो प्याक पनि अफरमा समावेश गरिएको छ, जसको मूल्य रु. ७८९ रहेको छ। यो प्याकेज प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन लागू हुनेछ। प्याकेजमा समावेश सुविधाहरूः

    ३० जीबी डाटा,६०० मिनेट सबै नेटवर्कमा कल गर्न मिल्ने भ्वाइस सुविधा,२०० वटा अल–नेट एसएमएस

    पोस्टपेड ग्राहकले यो प्याकेज खरिद गर्दा मासिक रेन्टल चार्जमै समायोजन हुने सुविधा समेत प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ।

    ग्राहकहरूले यी अफरहरू नेपाल टेलिकम एप वा *1415*11#  डायल गरेर सहज रूपमा खरिद गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend