काठमाडौँ । असोज १ गतेसम्म बन्द रहने भनिएको शेयर बजार अब असोज २ गते बिहिबार देखि सञ्चालन हुने भएको छ। नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले बिहिबारदेखि बजार सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
नेप्सेले बुधबारदेखि बजार सञ्चालन हुने विषयमा सूचना सार्वजनिक गर्ने भएको छ। यसअघि भदौ २३ र २४ गते राजधानी सहित देशका विभिन्न शहरमा जेन–जी प्रदर्शनका क्रममा भएको विध्वंशका कारण २४ गतेदेखि बजार बन्द गरिएको थियो। यसरी शेयर बजार लगातार एक साता देखि बन्द रहेको थियो।




.gif)



