images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • स्वदेशमै गुणस्तरीय उच्च शिक्षा प्रवर्द्धन गर्न...

स्वदेशमै गुणस्तरीय उच्च शिक्षा प्रवर्द्धन गर्न नसक्दा, बाहिरियो एक महिनामै १४ अर्बभन्दा बढी रकम

स्वदेशमै गुणस्तरीय उच्च शिक्षा प्रवर्द्धन गर्न नसक्दा, बाहिरियो एक महिनामै १४ अर्बभन्दा बढी रकम

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ । भदौ ३१, देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज र शैक्षिक संस्थाहरूको विकास भए पनि अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरूको संख्या घट्नुको साटो बढ्दो छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार, चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै रु १४ अर्ब ३१ करोड बराबरको रकम अध्ययनका लागि विदेशिएको छ।

    images
    images

    गत आर्थिक वर्षको यही अवधिमा यो रकम रु १४ अर्ब ९६ करोड थियो। यद्यपि यसपालि खर्च केही घटेको देखिए पनि कुल संख्यामा भने उल्लेख्य कमी देखिएको छैन।

    यसै अवधिमा सेवा खाता अन्तर्गत भ्रमण खर्च पनि दुई दशमलव आठ प्रतिशतले घट्दै रु २१ अर्ब ७० करोडमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु २२ अर्ब ३२ करोड थियो।

    images
    images

    तर, खुद सेवा आय भने अझै पनि घाटामै रहेको छ। चालु वर्षको पहिलो महिनामा रु १३ अर्ब ३९ करोड घाटा देखिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु १५ अर्ब ६ करोड घाटामा थियो।

    यस अवधिमा विदेशबाट आउने भ्रमण आय भने १२ दशमलव सात प्रतिशतले बढ्दै रु ५ अर्ब ३८ करोड पुगेको छ, जुन अघिल्लो वर्ष रु ४ अर्ब ७७ करोड थियो।

    विश्लेषकहरूका अनुसार स्वदेशमै गुणस्तरीय उच्च शिक्षा प्रवर्द्धन गर्न नसक्दा र रोजगारीको खोजीमा सहज मार्गको रूपमा शिक्षा प्रयोग गर्ने प्रवृत्तिले पनि विदेशिने दर उच्च भएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend