images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • विद्यालय खुल्ने बित्तिकै परीक्षा नराख्न ...

विद्यालय खुल्ने बित्तिकै परीक्षा नराख्न ध्यानाकर्षण

विद्यालय खुल्ने बित्तिकै परीक्षा नराख्न ध्यानाकर्षण

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौँ । आन्दोलन पछि विद्यालय खुलेलगत्तै परीक्षाको तालिका सार्वजनिक भएपछि बालबालिकामा त्रास र भय बढेको भन्दै बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ ।अभियानले एक विज्ञप्ति जारी गर्दै हालको परिस्थितिले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको जनाएको छ । परीक्षाको तालिकाले बालबालिकामा त्रास, भय र मानसिक अस्थिरता बढाएकोले कम्तीमा एक हप्ता परीक्षा स्थगित गरी सह–शैक्षिक गतिविधि स्पोर्टस् हप्ता सञ्चालन गर्न अभियानले आग्रह गरेको छ । यसले बालबालिकाको अवस्था सामान्य बनाउन मद्दत पुग्ने अभियानको विश्वास छ ।

    images
    images

    राष्ट्रिय बाल दिवसको अवसरमा जारी विज्ञप्तिमा अभियानले दसकौँ बितिसक्दा पनि बालबालिकाले गोली खानुपर्ने र ज्यानको बलिदानी दिनुपर्ने अवस्था विद्यमान रहेको भन्दै बालदिवशको औचित्यमाथि प्रश्न उठाएको छ । साथै, हरेक विपद् र संकटपछिको अवस्थामा बालबालिका थप जोखिममा पर्न सक्ने खतराप्रति सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

     आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका बालबालिकाको उपचार र राहतका लागि सहयोग गर्न पनि अभियानले अपिल गरेको छ । बालबालिकामा मानसिक स्वास्थ्य समस्या देखिए अभियानका सदस्य दिनिशाँ बानिया र कृतिका दाहाललाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।image

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend