images

२०८३ आश्विन १७ गते

images
images
images

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीरमा गएराति सडक माथिबाट सुक्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको बेनी-जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।

    images
    images

    काभ्रेभीर सडकमा करिब ५० मिटर सडकमा सुक्खा पहिरो जाँदा सडक ट्रयाकमा क्षति पुगेको सुपरभाइजर शेरचनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बेनी—जोमसोम सडकको काभ्रेभीरमा ठूला चट्टानसहितको सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको बताए । अहिले डोजरको सहयोग पहिरो हटाउने काम भइरहेको उनको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend