images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • सोमबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने काठमाडौँ...

सोमबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय

सोमबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय

images
images
शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • काठमाडौँ । भदौ २८, काठमाडौँ महानगरपालिकाले जेनजीहरूको प्रदर्शनका कारण बन्द रहेका विद्यालयहरू आगामी सोमबार (३० भदौ) देखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। गत २३ र २४ गतेको प्रदर्शनका कारण कक्षा अवरुद्ध भएपछि विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएको थियो।

    images
    images

    महानगरको निर्णय अनुसार शिक्षक तथा विद्यालयका अन्य कर्मचारीहरूलाई आइतबार (२९ भदौ) बाटै विद्यालयमा उपस्थित भएर प्रशासनिक कार्य, सरसफाई लगायतका गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको छ।

    साथै, विद्यालयमा कुनै भौतिक क्षति पुगेको भए त्यसको विवरण तुरुन्त महानगरपालिकामा उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

    images
    images

    महानगरले अभिभावकहरू सँग सम्पर्क गरी विद्यार्थीहरूको अवस्था बुझ्न समेत विद्यालयहरूलाई निर्देशन दिएको छ। अवस्था सामान्य नहुँदा सम्म अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय पठाउनुपर्ने बाध्यता नराख्ने महानगरको भनाइ छ।

    विद्यालयमा आउन नसक्ने विद्यार्थीहरूको लागि भर्चुअल कक्षा सञ्चालन गरी पठनपाठनलाई निरन्तरता दिने व्यवस्था गरिएको महानगरले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend