काठमाडौँ। रूसको कामचटका क्षेत्रको पूर्वी तट नजिकै आज बिहान ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसका अनुसार भूकम्पको केन्द्र १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्पको शक्ति ७.४ म्याग्निच्युड रहेको र यसको केन्द्रबिन्दु ३९.५ किलोमिटर गहिराइमा रहेको जनाएको छ।
भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले सम्भावित सुनामीको चेतावनी जारी गरेको छ। स्थानीय बासिन्दालाई सतर्क रहन तथा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
यसअघि, गत महिनाको अन्त्यतिर कामचटका नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसको प्रभाव जापानसम्म पुगेको थियो र त्यसपछि उक्त क्षेत्रका धेरै भागमा सुनामी आएको थियो।
अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको जनाइएको छ।




.gif)





