images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका...

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका अराजक गतिविधिका फोटो र भिडिओ माग गर्‍यो

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका अराजक गतिविधिका फोटो र भिडिओ माग गर्‍यो

images
images
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौँ । भदौ २७, नेपाल प्रहरीले हालैको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका सहित देशभर विभिन्न स्थानहरूमा भएका अराजक गतिविधिका तस्बिर, भिडिओ र सामाजिक सञ्जालका लिंकहरू माग गरेको छ। प्रहरीले ती घटनाहरूको छानबिनका लागि नागरिकहरूलाई सहयोग गर्न आह्वान गरेको हो।

    images
    images

    प्रहरीका अनुसार भदौ २३ र २४ गते आन्दोलनको क्रममा आगजनी, लुटपाट, र आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका घटनाहरू घटेका थिए। ती घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा अनुसन्धान सहज बनाउन आम नागरिक सँग साक्ष्यहरू माग गरिएको जनाइएको छ।

    यदि तपाईंसँग आन्दोलनका क्रममा भएका अप्रिय घटना सम्बन्धी तस्बिर, भिडिओ, वा सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीहरू छन् भने कृपया हामीलाई पठाई अनुसन्धानमा सहयोग गर्नुहोस्, प्रहरीद्वारा जारी अपिलमा भनिएको छ।

    images
    images

    प्रहरीले सूचना दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने प्रतिबद्धता पनि जनाएको छ।

    यसअघि काठमाडौंमा जेनजी आन्दोलनका क्रममा केही स्थानमा झडप, सार्वजनिक सम्पत्तिमा तोडफोड र ट्राफिक अवरोधका घटनाहरू भएको समाचारहरू सार्वजनिक भएका थिए।

    नागरिकहरूलाई घटनाबारे सुसूचित रहन र अफवाहहरूमा नपर्न समेत प्रहरीले आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend