काठमाडौँ । भदौ २७, नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषबाट बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा सवा १ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गर्ने भएको छ। यसका लागि राष्ट्र बैंकले १ अर्ब ३० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकले भदौ ३० गते राति ७ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ। कुल लगानीमध्ये वाणिज्य बैंकहरूमा १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा १९ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ६ करोड ५० लाख रुपैयाँ लगानी गरिनेछ।
उक्त लगानी २०८२ असोज ५ गतेदेखि २०८३ असोज ५ गतेसम्म ३६६ दिनका लागि रहनेछ। प्रस्तावित ब्याजदरको आधारमा छनोट हुने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकले यो निर्णय बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन तथा ब्याजदरको सन्तुलन कायम राख्ने उद्देश्यले गरेको जनाएको छ।




.gif)





