images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • कार्तिक ११ गतेपछि मात्र त्रिविका नियमित...

कार्तिक ११ गतेपछि मात्र त्रिविका नियमित कक्षा सञ्चालन हुने, हिउँदे बिदाबाट कटौती गरिने

कार्तिक ११ गतेपछि मात्र त्रिविका नियमित कक्षा सञ्चालन हुने, हिउँदे बिदाबाट कटौती गरिने

images
images
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • काठमाडौँ । भदौ २६, मुलुकभर उत्पन्न असहज परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको नियमित पठनपाठन छठ पर्वपछि मात्रै सुरु हुने भएको छ।

    images
    images

    त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना जारी गर्दै नियमित कक्षा कार्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने जानकारी दिएको हो। हालको असहज अवस्थाका कारण कक्षा स्थगित गरिएका दिनहरूलाई आगामी हिउँदे बिदाबाट कटौती गरिने बताइएको छ।

    सूचना अनुसार, भदौ २९, ३० र ३१ गते, साथै असोज १, २, ५ र कार्तिक ९ गते विश्वविद्यालयका सम्पूर्ण क्याम्पसहरूमा पठनपाठन बन्द रहनेछ।

    images
    images

    महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी तोकिएका मितिहरूमा त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

    हालै मुलुकभर चलेको युवा आन्दोलन र त्यसपछिको अस्थिर अवस्थाका कारण शैक्षिक गतिविधिमा अवरोध आएको थियो। विश्वविद्यालयले सोही परिस्थितिलाई मध्यनजर गर्दै कक्षाहरू पछि सार्ने निर्णय लिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend