images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नेपालमा हालको घटनाप्रति गहिरो चिन्ता व्यक्त...

नेपालमा हालको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै,संयमता अपनाउन महासचिव गुटेरसको आग्रह

नेपालमा हालको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै,संयमता अपनाउन महासचिव गुटेरसको आग्रह

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भदौ २५, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा हालै देखिएको हिंसात्मक घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

    images
    images

    सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत महासचिव गुटेरसले नेपालमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै हिंसाको अवस्था थप नबढोस् भनेर सबैलाई संयमित रहन आह्वान गरेका हुन्।

    उनले सबै पक्षबीच संवाद मार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै मानव अधिकार र कानूनको पूर्ण पालना हुनु आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, उनले जीवन र सम्पत्तिको रक्षा हुनु पर्ने कुरा पनि विशेष रूपमा उल्लेख गरेका छन्।

    images
    images

    महासचिवको यो सन्देश हालैका दिनहरूमा नेपालमा भएका प्रदर्शन र हिंसात्मक घटनाहरूको सन्दर्भमा आएको हो, जसले मुलुकको राजनीतिक र सामाजिक अवस्थालाई प्रभावित पारिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend