काठमाडौँ । भदौ २३, सरकारले निष्क्रिय रहेका सामाजिक सञ्जालहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार अबेर राति सम्म बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय लिएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय सार्वजनिक गर्दै भने, सामाजिक सञ्जालहरू बन्द गर्नुको कारण हटेकाले अब ती सेवा पुनः सञ्चालनमा ल्याउने निर्णय भएको हो।
यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वयं बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। स्रोतका अनुसार भेटमा देउवाले सामाजिक सञ्जाल खुलाउन विशेष आग्रह गरेका थिए।
सरकारको यो निर्णय सँगै केही समय देखि बन्द रहेका सामाजिक सञ्जालहरू (जस्तै फेसबुक, ट्विटर, टिकटक आद) अब चाँडै नै पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।




.gif)





