images

२०८३ आश्विन १७ गते

images
images
images

‘भीपीएन’को प्रयोगले ‘इन्टरनेट ठप्प हुने अवस्थामा’

‘भीपीएन’को प्रयोगले ‘इन्टरनेट ठप्प हुने अवस्थामा’

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूले भीपीएन प्रयोग अत्यधिक बढ्दा सोमबार बेलुकापछि इन्टरनेट ट्राफिक धान्न नसकेर सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन् ।सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध लगाएपछि भीपीएन प्रयोग गर्नेको संख्या अत्यधिक बढ्दा आयात हुने इन्टरनेट ब्यान्डविथले धान्न नसक्ने स्थितिमा पुगेको हो ।इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले भीपीएन प्रयोग अत्यधिक बढ्दा ब्यान्डविथ क्षमताभन्दा त्यसको ट्राफिक ४० प्रतिशत बढी पुगिसकेको जानकारी दिए ।

    images
    images

    “हामी इन्टरनेट सेवा प्रदायकहरूको क्षमताभन्दा ४० प्रतिशत बढी ट्राफिकले हाम्रो प्रणालीमा हिट गरिरहेको छ । रिफ्रेस गराउँदा गराउँदा हैरान भइसक्यौं । बेलुकासम्म धानिएपनि त्यसपछि धान्न सकिने अवस्था छैन । बेलुका पछि नेपाली साइटहरू पनि खुल्न नसक्ने स्थिति देखिंदैछ,” पराजुलीले  भने ।पराजुलीका अनुसार यो अवस्थाको विषयमा इन्टरनेट सेवा प्रदायकहरूले नेपाल दूरसञ्चार प्राधिकरणलाई मौखिकरुपमा जानकारी गराइसकेको बताए । “हामीले मौखिकरुपमा सम्बन्धित निकायलाई यस अवस्थाबारे जानकारी गराइसकेका छौँ । लिखितरुपमा दिने अवस्था अहिले छैन,” पराजुलीले भने ।   

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend