images

२०८३ आश्विन १६ गते

images
images
images

बाढीका कारण पञ्जाबमा ४८ जनाको मृत्यु

बाढीका कारण पञ्जाबमा ४८ जनाको मृत्यु

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • नयाँ दिल्ली ।  भारतको पञ्जाब राज्यमा आएको बाढीको प्रकोप कम हुने कुनै संकेत देखिएको छैन । शनिबारको बाढीका कारण क्षतिग्रस्त भएका  राज्यका चार जिल्लामा बाँधको मर्मत सम्भारको कार्य आइतबार जारी रह्यो ।

    images
    images

     बाँध बनाउने काममा सेना र एनडीआरएफ टोलीहरू निरन्तर संलग्न छन् । राज्यका २३ बाढी प्रभावित जिल्लाका २०५० गाउँहरूमा कुल ३ लाख ८७ हजार ८९८ जना घरबारविहीन भएका छन् भने २० लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् । 

    बाढीका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएको बताइएको छ । पठानकोट जिल्लाबाट तीन जना बेपत्ता छन् । राज्यका धेरै जिल्लाहरूमा अहिलेसम्म १ लाख ७६ हजार ९८० दशमलव शून्य ५ हेक्टर बाली प्रभावित भएको बताइएको छ ।

    images
    images

     पञ्जाब सरकारले सेप्टेम्बर ८ देखि राज्यका सबै विद्यालय, कलेज, विश्वविद्यालय, पोलिटेक्निक संस्थान र आईटीआई खोल्ने निर्णय गरेको छ । यद्यपि, बाढी प्रभावित क्षेत्रहरूमा संस्थाहरू बन्द राख्ने निर्णय सम्बन्धित उपायुक्तले लिने भनिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend