काठमाडौँ । भदौ २३, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामाजिक सञ्जाल माथिको टिप्पणीलाई लक्षित गर्दै कडा जवाफ दिएका छन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार फेसबुकमा स्ट्याटस लेख्दै सरकारको सामाजिक सञ्जाल माथिको प्रतिबन्धको कदमलाई गलत ठहर गर्दै, जेनरेसन जेड ९न्भल(श्० ले गर्ने भनिएको प्रदर्शन स्वाभाविक रहेको उल्लेख गरेका थिए। उनले सरकारको भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुशविरुद्ध युवाहरूले आक्रोश देखाउनु उचित रहेको जनाएका थिए।
यसै सन्दर्भमा मेयर बालेनले प्रचण्डकै फेसबुक पोस्टमा कमेन्ट गर्दै लेखे,
एकादेशमा टिकटक पनि बन्द थियो, हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिएँ, काम हजुरबाट पनि केही भएन। मेरो लागि एक दिन दिएको भए म काठमाडौँका खोलानाला फेरिदिन्थे।
बालेनको यो जवाफ सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। समाचार तयार पार्दासम्म बालेनको उक्त कमेन्टमा ५० हजार भन्दा बढी लाइक र ४ हजार भन्दा बढी प्रतिक्रिया आइसकेका छन्।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल, विशेषगरी टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो, जुन व्यापक रूपमा आलोचित भएको थियो।
बालेनको सो अभिव्यक्तिले सामाजिक सञ्जालमा राजनीति र नेतृत्वप्रति जनतामा बढ्दो असन्तुष्टि, अनि परिवर्तन प्रतिको अपेक्षालाई पुनः एकपटक सतहमा ल्याएको देखिन्छ।




.gif)





