images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • भोजपुरमा साइबर सुरक्षा र डिजिटल साक्षरता...

भोजपुरमा साइबर सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन कार्यालय सञ्चालन

भोजपुरमा साइबर सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन कार्यालय सञ्चालन

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • भोजपुर । ग्रामीण भेगमा साइबर सुरक्षा र डिजिटल साक्षरताको प्रवर्द्धन गर्न भोजपुरको अरुण गाउँपालिका–४ फालिटारमा कार्यालय स्थापना गरिएको छ । नेपाल प्रहरीका पूर्वएआइजी भीम ढकालको पहलमा आइटीसम्बन्धी काम गर्ने जेनेस कार्यालय स्थापना गरिएको हो । कार्यालयले इन्टरनेटमार्फत आयआर्जन, रोजगारी सृजना र डिजिटल जागरूकतासँगै सचेतना फैलाउने उद्देश्य लिएको छ ।

    images
    images

    चार महिनाको तयारीपछि सञ्चालनमा ल्याइएको कार्यालयबाट स्थानीय युवायुवतीलाई इन्टरनेटको प्रयोग, साइबर सुरक्षा, अनलाइन रोजगारका अवसर, ई–कमर्स र डिजिटल बजारबारे तालिम दिइनेछ । हालसम्म तालिम लिएका तीन जनालाई रोजगारीसमेत प्रदान गरिएको छ । पूर्वएआइजी ढकालले आफ्नो जन्मथलोमा सूचना प्रविधिको विकास गर्दै अरुणलाई भोजपुरको ‘आइटी हब’ बनाउने लक्ष्य लिएको बताए । उनका अनुसार यो कार्यालय अमेरिकी मुख्यालय भएको जेनेस बहुराष्ट्रिय कम्पनीको सहकार्यमा सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय इन्टरनेटको माध्यमबाट हुने आपराधिक क्रियाकलाप न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यले दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने योजनाका साथ कार्यालय सञ्चालन गरिएको ढकालको भनाइ छ ।

    कार्यालयबाट डिजिटल साक्षरता, साइबर सुरक्षा, ई–कमर्स, अनलाइन बजार प्रवर्द्धन र दैनिक इन्टरनेटसम्बन्धी काममा आवश्यक सेवा प्रदान गरिनेछ । मुख्य रूपमा गाउँका युवाहरूलाई प्रविधिको सही प्रयोगमार्फत आत्मनिर्भर बनाउने अपेक्षा रहेको जनाइएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend