images

२०८३ आश्विन १६ गते

images
images
images

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौँ । कञ्चनपुर, भीमदत्त नगरपालिका–१२ निवासी उत्तम सुनारले गँड्यौला मल उत्पादन मार्फत उल्लेखनीय आम्दानी गर्न थालेका छन्। सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको सहायताबाट गँड्यौला मल उत्पादन सिकेर व्यावसायिकरूपमा सुरु गरेका हुन्।

    images
    images

    “पढाइसँगै केही गरेर आम्दानी गर्ने सोच थियो,” उनले भने, “इन्टरनेटमा खोज्दा थाहा भयो कि गँड्यौला मल कम लगानीमा बढी आम्दानी दिने व्यवसाय रहेछ, त्यसपछि यो काम सुरु गरेँ।”

    सुनारले दुई वर्षअघि चार लाख रुपैयाँ लगानी गरेर चार ब्याडबाट गँड्यौला मल उत्पादन सुरु गरेका थिए। राम्रो आम्दानी भएपछि हाल उनले २५ वटा ब्याडमा विस्तार गरिसकेका छन्। “माग बढ्दै गएकाले मल उत्पादन पनि बढाएको छु, तर पनि बजारको माग धान्न हम्मे परिरहेको छ,” उनले बताए।

    images
    images

    उनले उत्पादन गरेको मल कैलालीसहित विभिन्न जिल्लामा बिक्री हुने गरेको छ। विशेषतः तरकारी खेती, बगरखेती र बेमौसमी खेती गर्ने किसानहरूले यसको बढी माग गरेका छन्।

    “सुरुआतमा चार लाख लगानी गरेको थिएँ, अहिले त्योभन्दा बढी आम्दानी भइसकेको छ,” उनले भने, “एक महिनामा करिब १ लाख ५० हजार रुपैयाँको मल बिक्री भएको छ, त्यस हिसाबले वार्षिक आम्दानी सात लाख रुपैयाँसम्म पुग्ने अनुमान छ।”

    हालसम्म उनले तीन महिनामा ४८ क्विन्टल भन्दा बढी गँड्यौला मल बिक्री गरिसकेका छन्। मल प्रतिकिलो २५ रुपैयाँमा बिक्री हुने गरेको छ। “मलका लागि जुल्लाबाट समेत माग आउन थालेको छ,” उनले बताए, “अब उत्पादन थप विस्तार गर्ने योजना छ।”

    गँड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउने, उत्पादनमा वृद्धि गर्ने र वातावरणमैत्री समाधान दिने भएकाले यसको माग दिनप्रतिदिन बढिरहेको छ। यस मलमा एन्टिबायोटिक, भिटामिन र हर्मोन हुने भएकाले यो अन्य मलभन्दा गुणस्तरीय मानिन्छ। साथै, यो मलमा नाइट्रोजन पाँच गुणा, फस्फोरस सात गुणा र पोटास ११ गुणा बढी पाइने जनाइएको छ।

    सुनारको उदाहरणले युवाहरूलाई कृषि क्षेत्रमा प्राविधिक प्रयोग गरेर स्वरोजगार बन्न सकिने सम्भावना देखाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend