images

२०८३ आश्विन १९ गते

images
images
images

हाइटीमा उत्पन्न मानवीय संकट अझ तीव्र

हाइटीमा उत्पन्न मानवीय संकट अझ तीव्र

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • संयुक्त राष्ट्र, सेप्टेम्बर ७ (एपी) संयुक्त राष्ट्रका मानवतावादी संस्थाहरूले शुक्रबार हाइटीमा बढ्दो हिंसाको गम्भीर चिन्ता व्यक्त गरेका छन्। वर्ष २०२५ को पहिलो सात महिनामा मात्र ६,२०० भन्दा बढी लैङ्गिक हिंसाका घटनाहरू रिपोर्ट गरिएका छन्, जसमा महिलाहरू अत्यधिक प्रभावित भएका छन्।

    images
    images

    संयुक्त राष्ट्रको मानवीय मामिलाको समन्वय कार्यालय (OCHA) का अनुसार, ती घटनाहरूको आधा भन्दा बढी बलात्कारका थिए, र तीमध्ये झण्डै ७५ प्रतिशत घटनामा सशस्त्र समूहका सदस्यहरू संलग्न थिए।

    OCHA ले जनाएको छ कि देशमा विस्थापनको समस्या बढ्दै जाँदा लैङ्गिक हिंसाको जोखिम अझ तीव्र बनेको छ। बलात्कारको शिकार भएका महिलाहरू मध्ये मात्र एक चौथाइले ७२ घण्टा भित्र अत्यावश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छन्, जुन समयावधि उपचारको लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। असुरक्षा, कमजोर रेफरल प्रणाली, र दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच अभाव जस्ता कारणले उपचारमा बाधा पुगेको छ।

    images
    images

    अझै गम्भीर कुरा के छ भने, लैङ्गिक हिंसा रोकथाम र पीडितको उपचारका लागि आवश्यक १९ लाख अमेरिकी डलर मध्ये हाल सम्म केवल १८ प्रतिशत मात्र सहयोग प्राप्त भएको OCHA को रिपोर्टमा उल्लेख छ। बजेटको दीर्घकालीन अभाव र पहुँच समस्याले गर्दा सयौं पीडितहरू आवश्यक उपचार पाउनबाट वञ्चित भएका छन्।

    संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय समुदायलाई हाइटीमा उत्पन्न मानवीय संकट प्रति गम्भीर ध्यान दिन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend