काठमाडौँ । भदौ २१, टेनेक्स हाइड्रो होल्डिङ लिमिटेड (साविक राइजिङ हाइड्रोपावर) को १८औं वार्षिक साधारणसभा भक्तपुरस्थित होटल भादगाउँमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१।८२ का लागि आयोजित सभामा कम्पनीका सेयरधारकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सभाले सर्वसम्मतिले निम्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छः
आर्थिक वर्ष २०८१।८२ को आर्थिक प्रतिवेदन, अडिटरको प्रतिवेदन, नगद प्रवाह विवरण र लेखापरीक्षण विवरणहरू पारित गरियो।
यस आवभित्र प्राथमिक सेयर (IPO) निष्कासन गर्ने निर्णय गर्दै सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गरियो।
आगामी आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षण कार्य पि. कुँवर एण्ड एशोसिएट्सलाई जिम्मा दिइने निर्णय गरियो।
कम्पनीको दीर्घकालीन सञ्चालन सुदृढ बनाउन र रणनीतिक निर्णयहरू लिन सक्षम बनाउन नयाँ सञ्चालक समिति चार वर्षका लागि चयन गरियो।
नयाँ सञ्चालक समितिमा अध्यक्ष शंकर बहादुर घिमिरे, प्रबन्ध निर्देशक लिलामणि पाठक, सञ्चालक अमिर केसी, डा. बौवालाल शाह, स्नेहा मास्के तथा स्वतन्त्र सञ्चालक डा. विजय प्रकाश सैजु चयन भएका छन्।
साधारणसभाले कम्पनीलाई थप सबल बनाउने उद्देश्यले आगामी दिनमा विभिन्न जलविद्युत् परियोजनाहरूमा लगानी गर्ने रणनीतिक निर्णय पनि सर्वसम्मतिले पारित गरेको छ।
कम्पनीले यस्ता निर्णयमार्फत आर्थिक क्षमता विस्तार गर्ने, सेयरधारकलाई दीर्घकालीन लाभ दिलाउने र नेपालको ऊर्जा क्षेत्रमा थप योगदान पुर्याउने स्पष्ट प्रतिबद्धता जनाएको छ।




.gif)





