images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक...

नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल निष्क्रिय, इन्टरनेट सेवा प्रदायकहरू सक्रिय

नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल निष्क्रिय, इन्टरनेट सेवा प्रदायकहरू सक्रिय

images
images
शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२
  • काठमाडौँ । भाद्र २१, नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्ने सरकारी निर्णयअनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जर जस्ता प्रमुख सामाजिक सञ्जालहरू बन्द गर्न थालेका छन्।

    images
    images

    सरकारको निर्देशन पछि शुक्रबार देखि सामाजिक सञ्जालहरूको वेब तथा एप संस्करणहरू क्रमशः अवरुद्ध हुँदै गएको छ। इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानका अध्यक्ष तथा सुबिसु केबलनेटका प्रमुख सुधीर पराजुलीका अनुसार नयाँ–नयाँ आईपी एड्रेसहरू पहिचान गर्दै ती प्लाटफर्महरू धमाधम बन्द गरिँदैछ।

    नयाँ आईपीहरू आइरहेका छन्, त्यसलाई पत्ता लगाउँदै सबैले ब्लक गर्दैछौं, पराजुलीले बताए। मोबाइल अपरेटर र आईएसपीहरूको भाइबर ग्रुप मार्फत जानकारी आदान–प्रदान भइरहेको छ।

    images
    images

    उनका अनुसार एकैपटक सम्पूर्ण प्लेटफर्महरू बन्द गर्न सम्भव नरहेकोले केही ठाउँमा सेवाहरू अझै चलिरहेका छन् भने कतै पूर्ण रूपमा अवरुद्ध भइसकेका छन्।

    भीपीएन र डीएनएस मार्फत पहुँच खोज्ने प्रयास

    सामाजिक सञ्जाल बन्द भएपछि प्रयोगकर्ताहरूले वैकल्पिक उपायहरू अपनाउन थालेका छन्। विशेषगरी भीपीएन प्रयोग गरेर तथा डीएनएस सेटिङ परिवर्तनमार्फत ती सेवाहरूमा पुनः पहुँच बनाउने प्रयास तीव्र भएको छ।

    यस निर्णयप्रति प्रयोगकर्ता तथा प्राविधिक क्षेत्रका विज्ञहरूले सामाजिक सञ्जालको नियमन आवश्यक भए पनि पूर्ण अवरोधले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा असर पार्न सक्ने चेतावनी दिएका छन्।

    सरकारको औपचारिक आधार के ?

    हाल सम्म सरकारले स्पष्ट रूपमा कुन कानूनी प्रावधान अन्तर्गत यस्तो कदम चालेको हो भन्ने खुलाइएको छैन। तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका र नियमन बिना सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूलाई नेपालमा निषेध गर्न निर्देशन दिएको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend