images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • कान्तिपुर सिटी कलेजमा बी टेक इन...

कान्तिपुर सिटी कलेजमा बी टेक इन एआई कार्यक्रम सुरु

कान्तिपुर सिटी कलेजमा बी टेक इन एआई कार्यक्रम सुरु

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले नेपालकै नयाँ शैक्षिक आवश्यकता र विश्वव्यापी प्रविधि विकासलाई ध्यानमा राखी Bachelor of Technology in Artificial Intelligence (B.Tech. in AI) कार्यक्रम सञ्चालनमा ल्याएको छ।यो कार्यक्रम AI विशेषकरणमा केन्द्रित स्नातक तहको डिग्री हो, जसले विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) सम्बन्धी गहिरो ज्ञान, अनुसन्धान, र व्यावहारिक दक्षता प्रदान गर्नेछ।

    images
    images

    कार्यक्रमको उद्देश्य:

    • नेपालमा बढ्दो डिजिटल अर्थतन्त्रलाई सहयोग पुर्‍याउने दक्ष जनशक्ति उत्पादन गर्ने।
    • विद्यार्थीलाई विश्व स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक ज्ञान र सीप प्रदान गर्ने।
    • कृषि, स्वास्थ्य, शिक्षा, वित्त, सञ्चार, यातायात जस्ता क्षेत्रमा AI-आधारित समाधान विकास गर्न सक्ने प्राविधिक विशेषज्ञ तयार गर्ने।
    • उद्यमशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने।

    पाठ्यक्रमका मुख्य विशेषता:

    images
    images
    • Machine Learning & Deep Learning
    • Data Science & Big Data Analytics
    • Natural Language Processing (NLP)
    • Computer Vision & Robotics
    • AI Applications in Smart Agriculture, Healthcare, and Fintech
    • प्रत्येक सेमेस्टरमा Industry Project / Research Project
    • अन्तिम वर्षमा Specialization र Capstone Project

    शिक्षण पद्धति:

    • Project Based Learning (PBL)
    • Research & Industry Collaboration
    • प्रयोगशाला–केन्द्रित सिकाइ
    • अन्तर्राष्ट्रिय सम्मेलन र सेमिनारमा सहभागिता अवसर

    कान्तिपुर सिटी कलेज (KCC) पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध एक प्रतिष्ठित शैक्षिक संस्था हो, जसले सूचना प्रविधि, इन्जिनियरिङ्ग, व्यवस्थापन, सञ्चार–पत्रकारिता लगायतका क्षेत्रमा विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। कलेजले स्नातकदेखि स्नातकोत्तर तहसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ। १०,००० भन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्दै IT, Engineering, Management क्षेत्रमा योगदान गरिसकेको कलेजले अब B.Tech. in AI कार्यक्रममार्फत नयाँ पुस्तालाई भविष्यको प्रविधिमा सक्षम बनाउन अग्रसर भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend