images

२०८३ आश्विन २५ गते

images
images
images

सरकारी खाता ३ खर्ब रुपैयाँभन्दा धेरैले घाटामा : आम्दानीभन्दा खर्च धेरै

सरकारी खाता ३ खर्ब रुपैयाँभन्दा धेरैले घाटामा : आम्दानीभन्दा खर्च धेरै

images
images
अर्थ समाचार
सोमवार, आषाढ २४ २०८१
अर्थ समाचार
सोमवार, आषाढ २४ २०८१
  • काठमाण्डाै – चालू आर्थिक वर्ष २०८०/८१ सकिन एक हप्ता बाँकी रहँदा सरकारी खाता तीन खर्ब रुपैयाँभन्दा धेरैले घाटामा रहेको छ । सरकारको आम्दानी कम र खर्च धेरै हुँदा सरकारी खाता ३ खर्ब ४ अर्ब रुपैयाँभन्दा धेरैले घाटामा रहेको हो ।

    images
    images

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार हिजो आइतवारसम्म सरकारले कर, अनुदान र अन्य शीर्षकमा ९ खर्ब ९४ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको छ । तर खर्च भने १२ खर्ब ९८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

    आम्दानीभन्दा खर्च बढी गरेको सरकारले कर्मचारी पाल्नकै लागि ऋण लिइरहेको छ । सरकारले चालू आर्थिक वर्षको जेठसम्ममा ३ खर्ब ७ अर्ब रुपैयाँ आन्तरिक ऋण र ८२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ ।

    images
    images

    आम्दानीतर्फ ९ खर्ब ६८ खर्ब रुपैयाँ राजस्वबाट, २ अर्ब ७५ करोड रुपैयाँ अनुदानबाट र २३ अर्ब रुपैयाँ अन्य तर्फबाट आम्दानी गरेको छ । यस्तै खर्चतर्फ ९ खर्ब १५ अर्ब चालू खर्च, १ खर्ब ५३ अर्ब पूँजीगत र २ खर्ब २८ अर्ब रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च भएको छ ।

    महालेखा नियन्त्रककाे कार्यालयका अनुसार चालू खर्च झन्डै ८१ प्रतिशत पुग्दा विकास खर्च भने जम्मा ५२ प्रतिशत मात्रै रहेको छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend