काठमाडौँ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकहरूले राप्रपा कार्यालयमा धर्ना दिएका छन् । आफूहरूसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन नगरिएको भन्दै नेपाल शिक्षक महासङ्घले बुधबार धुम्वाराहीस्थित राप्रपा कार्यालयमा धर्ना दिएका हुन् ।
विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र यसअघि भएको सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । आफ्ना माग मुद्दाहरू समेटिने गरी संसद्मा छलफल गर्नका लागि ध्यानाकर्षण गराउन महासङ्घले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनको भनाई थियो ।अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरे ।




.gif)



