images

२०८३ आश्विन २० गते

images
images
images

प्याजको भाउ घट्यो, किलोको कति ?

प्याजको भाउ घट्यो, किलोको कति ?

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  •  काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि ४० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images

    भदौ पहिलो साता बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि ४२ रुपैयाँमा किनबेच भएको थियो । एक महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँ थियो ।आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । अहिले बजारमा भारतीय प्याजले माग धानेको छ ।

    व्यवसायीहरूका अनुसार भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend