images

२०८३ आश्विन १८ गते

images
images
images

पाटनबाट ‘कुमारी’ को छायांकन सुरु

पाटनबाट ‘कुमारी’ को छायांकन सुरु

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौँ । फिल्म ‘कुमारी’ को छायांकन सुरु भएको छ। ललितपुरको बंगलामुखी मन्दिरमा मंगललबार शुभ मुहूर्त गरेर फिल्मको पाटनबाट छायांकन सुरु गरिएको हो।दिनेश राउतले निर्देशन गरिरहेको फिल्म छायांकन ३५ दिनमा सकिने तालिका छ।

    images
    images

    फिल्ममा अविशेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। सहायक भूमिकामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायत कलाकारले अभिनय रहनेछ।

    बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण हुने फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्।यसअघि निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’ ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ लगायत फिल्म निर्देशन गरिसकेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend