images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला...

इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला यूएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला यूएईबाट पक्राउ

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौँ ।  ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक फरार प्रतिवादी पक्राउ परेकी छन् । रुपन्देही बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी हुन् । 

    images
    images

    युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । 

    उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend