images

२०८३ आश्विन १८ गते

images
images
images

‘हरिबहादुरको जुत्ता’को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

‘हरिबहादुरको जुत्ता’को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत युट्युबमा सार्वजनिक भएको छ ।‘ढाका टोपी शिरैमा’ बोलको गीतमा दीपक शर्माको संगीत, धनबहादुर कार्कीको शब्द, शिष अविरल र मेलिना राईको स्वर छ । गीतमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् ।गीत सार्वजनिक गर्नुपूर्व हरिवंश, प्रकाश र स्वस्तिमा सामाजिक संजालमा लाइभ आएका थिए, जहाँ हरिवंशले आफ्नो आइकोनिक पात्र ‘हरिबहादुर’को चर्चा गरे ।

    images
    images

    ५२ एपिसोडको ‘हरिबहादुर मदनबहादुर’ सिरिजको हरिबहादुर पात्रलाई फिल्ममा ढाल्ने कुरा सुरुमा डाउटफुल लागेपनि अन्य प्रक्रियामा हेर्दाखेरी सिनेमालाई सुहाउने क्यारेक्टर बनेको हरिवंशले बताए ।‘यो क्यारेक्टर बच्चालाई निकै मनपर्नेछ’ हरिवंशले भने ।अभिनेत्री स्वस्तिमा खड्काले हरिबहादुर र मदनबहादुर सिरियल हेरेका दर्शकलाई ‘हरिबहादुरको जुत्ता’ मनपर्ने बताइन् । ‘दर्शकको रुपमा हेर्दा पनि मैले यसलाई अझै इन्जोय गर्थें होला’ उनले सुनाइन् ।

    गायक तथा अभिनेता सपुतले आफूले सानैदेखि मह-सिरिज हेर्दै आएको बताए । ‘हाम्रो समयमा रमाइलो भनेकै मह-सिरिज थियो । मैले पनि सानैदेखि मह सिरिज हेर्दै हुुर्किएको हुँ । हामीले हात धुन पनि मह सिरिज हेरेर सिक्यौं’ उनले भने ।यो फिल्ममा प्रियंका कार्की, दिव्यदेव पन्त, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपालको पनि अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।कृष्ण थापाको छायांकन रहेको फिल्ममा सम्पादन नहकुल खड्काको छ । ‘हरिबहादुरको जुत्ता’ असोज १३ गते दशैंको फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend