images

२०८३ आश्विन १८ गते

images
images
images

वर्षा र खगेन्द्र अभिनीत ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक

वर्षा र खगेन्द्र अभिनीत ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। सोमबार बिहान फिल्मका दुई पोस्टर सार्वजनिक गरिएका हो।सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ। सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ल, सन्तोष पन्तलाई  देख्न सकिन्छ।एक पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देकिन्छ। छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन्। यसैगरि, दोश्रो पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा झैं मीठो मुस्कानमा देख्न सकिन्छ। 

    images
    images

    नेपथ्यमा सम्भवतः सिनेमाको गीतको दृश्य हुनुपर्छ जहाँ सन्तोष पन्तको साथमा विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ तथा अंशु महर्जनलाई रमाइरहेको देख्न सकिन्छ। यो मंसिर १२ गते रिलिज हुँदैछ।यस पोस्टरमा बाल कलाकार साइमनलाई बाल कृष्णको पहिरनमा पेस गरिएको छ। यस्तै, अभिनेता नीर शाहलाई गम्भिर भावमा देख्न सकिन्छ। सार्वजनिक यी दुई पोस्टरले पारिवारिक जीवनका उकाली ओरालीको कथा पेस गर्ने स्पष्ट बुझ्न सकिन्छ। यस हिसाबले धेरै समयपछि दर्शकहरुको पारिवारिक ड्रामा हेर्न पाउनेछन्।

    डेब्यू निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा निर्देशक शिव रेग्मी जो पारिवारिक सिनेमाका लागि परिचित छन् उनकै विरासत समातेको बुझ्न सकिन्छ। यसअघि टाइटल भिडियो पनि उनले आफ्ना मामालाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन्।निर्देशक पौडेल न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन्। व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन्। पूरा छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ। पौडेलले आफू र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन्।

    images
    images

    फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ।अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। सिनेमामा आलोक शुक्लाको छयांकन, समीर हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ।

    सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन्। गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढा सुब्बा डिजिटलले किनेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend