images

२०८३ आश्विन १८ गते

images
images
images

पाउ पाथीभरा मन्दिरमा एक वर्षमा रु १ करोड ४२ लाखभन्दा बढी आम्दानी

पाउ पाथीभरा मन्दिरमा एक वर्षमा रु १ करोड ४२ लाखभन्दा बढी आम्दानी

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौँ । मेचीनगर, झापा, मेचीनगर–१३ चार आलीस्थित पाउ पाथीभरा मन्दिरले आर्थिक वर्ष २०८१।८२ मा भक्तजनको भेटी तथा अन्य स्रोतहरूबाट गरी कुल रु १ करोड ४२ लाख ८१ हजार ७२० आम्दानी गरेको छ।

    images
    images

    २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापनका लागि पाउ पाथीभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ। समितिका अध्यक्ष लोकराज ढकालका अनुसार दान पेटिकाबाट रु ७४ लाख ७४ हजार, सहयोग रसिदबाट रु ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट रु १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट रु ८८ हजार आम्दानी भएको हो। त्यसैगरी बैङ्क ब्याजबाट रु ५ लाख ६० हजार, अनलाइन मार्फत रु २ लाख ५४ हजार र विविध श्रोतबाट रु ३० हजार ७२० सङ्कलन भएको छ।

    पूर्वपश्चिम राजमार्ग सँग जोडिएको यस मन्दिरमा दैनिक सयौँ भक्तजन पूजापाठ गर्न आउने गर्छन्। भारतको पश्चिम बङ्गाल, सिक्किम, आसामलगायतका क्षेत्रबाट समेत दर्शनार्थी आउने गरेको समितिको भनाइ छ।

    images
    images

    समितिले आम्दानीलाई पारदर्शी रूपमा बैङ्क मार्फत सञ्चय र खर्च गर्दै आएको जानकारी दिएको छ। यस वर्ष मन्दिर परिसरमा शौचालय निर्माण, टायल्स तथा मार्बल बिछ्याउने कार्य, र एक भवन निर्माणमा रु ५७ लाख खर्च भएको छ।

    हाल मन्दिरको नाममा रु १ करोड १२ लाख २१ हजार बैङ्क मौज्दात रहेको छ। समितिले चारजना गुरु सहित नौ कर्मचारीलाई करारमा राखी पारिश्रमिक दिँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend