images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • लिपुलेक नेपालको भूमि होः चीन भ्रमणमा...

लिपुलेक नेपालको भूमि होः चीन भ्रमणमा प्रधानमन्त्री ओलीको कडा आपत्ति

लिपुलेक नेपालको भूमि होः चीन भ्रमणमा प्रधानमन्त्री ओलीको कडा आपत्ति

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै भारत र चीनबीच भएको समझदारी प्रति कडा आपत्ति जनाएका छन्।

    images
    images

    शनिबार चीनको तिन्जियान सहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सँग भएको द्वीपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेक सम्बन्धी विषय उठाएका हुन्। चीनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले उक्त भूभाग नेपालको भएको भन्दै नेपाल सरकारले यसबारे आधिकारिक आपत्ति जनाइ सकेको जानकारी गराएको उल्लेख छ।

    भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले दिएको सहयोग प्रति आभार प्रकट गर्दै नेपाल–चीन सम्बन्ध पञ्चशील सिद्धान्तमा आधारित, स्थिर र समस्या मुक्त रहेको उल्लेख गरे।

    images
    images

    एससीओ (सांघाई सहयोग संगठन) शिखर सम्मेलन २०२५ को सफलताको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपाललाई पूर्ण सदस्यता प्राप्तिका लागि चीनको समर्थनको आग्रह गरे।

    बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूको शीघ्र कार्यान्वयनको अपेक्षा व्यक्त गर्दै उनले मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु प्रतिरोधात्मकता र जनस्तर बीचको सम्पर्क विस्तारका क्षेत्रमा चीनको सहयोग आवश्यक रहेको बताए।

    राष्ट्रपति सी चिनफिङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै संयुक्त राष्ट्रसंघ, एससीओ लगायतका बहुपक्षीय मञ्चहरूमा नेपाल सँग सहकार्य गर्ने आश्वासन दिए।

    त्यसैगरी उनले ‘वान चाइना प्रिन्सिपल’ प्रति नेपालको समर्थनको प्रशंसा गर्दै दुई देशबीचको सहमति अनुसारका उच्च गुणस्तरीय बीआरआई परियोजनाहरूलाई शीघ्र कार्यान्वयन गरिने प्रतिबद्धता पनि जनाए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend