images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • पोखरामा नयाँ बसपार्क निर्माणको तयारी, सुकुम्बासीलाई...

पोखरामा नयाँ बसपार्क निर्माणको तयारी, सुकुम्बासीलाई व्यवस्थापन गरिने

पोखरामा नयाँ बसपार्क निर्माणको तयारी, सुकुम्बासीलाई व्यवस्थापन गरिने

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौँ । भदौ १५, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पृथ्वीचोक क्षेत्रमा आधुनिक बसपार्क निर्माणका लागि महानगर सक्रिय रूपमा लागिपरेको बताएका छन्।

    images
    images

    पोखरा–९ दरबारथोकस्थित चण्डी मन्दिरको बहुउद्देश्यीय भवन उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले पर्यटकीय नगरी पोखरामा व्यवस्थित बसपार्क नहुनु विदेशी पर्यटकका लागि नकारात्मक सन्देश बन्ने खतरा रहेको उल्लेख गर्दै अब छिट्टै नयाँ बसपार्क निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

    आचार्यका अनुसार बसपार्क निर्माणका लागि छुट्याइएको १४८ रोपनी जग्गामा हाल बसोबास गरिरहेका करिब ४ सय सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरेर बसपार्क निर्माण गरिनेछ। वास्तविक सुकुम्बासीहरूको लगत संकलनको काम भइरहेको छ, प्रमुख आचार्यले भने।

    images
    images

    साथै, उहाँले पोखराका सडकहरू दमकल जस्ता ठूला सवारी साधन सहज रूपमा गुड्न सक्ने गरी फराकिलो बनाउने अभियान चाँडै सुरु गरिने जानकारी पनि दिए। साँघुरा सडकका कारण यातायातमा समस्या बढ्दै गएकाले सुधारको आवश्यकता रहेको उहाँको भनाइ छ।

    कार्यक्रममा पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ऐतिहासिक चण्डी मन्दिरको संरक्षण र विकासका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता जनाए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend