काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ले प्रदर्शनको ५१ दिन मनाएको छ । अष्टनारायण हलमा कार्यक्रम आयोजना गरियो ।केक काटेर निर्माताले ५१ दिन सेलिब्रेसन गरे । निर्माता तथा कलाकार रोशन श्रेष्ठले टिकट काटेर दर्शक नल्याएको दाबी गरे ।रोशनले भने, ‘जति दर्शक आउनुहुन्छ स्वतःस्फुर्त टिकट काटेर आएका हुन्, चर्चा भएन होला तर ५१ औँ दिन पार गरेकोमा खुसी छौं ।’
कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता राजकुमार राई, रविन्द्र खड्का लगायत पनि सहभागी थिए । फिल्मको टिम तथा संचारकर्मीलाई मायाको चिनो प्रदान गरिएको थियो ।विजय बराल, विल्सनविक्रम राई, आयुशा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका छ । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा बनेको फिल्मका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् ।
मित्र प्रधानको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । यो फिल्म अहिले विभिन्न अमेरिकी सहरहरूमा प्रदर्शन भैरहेको छ ।सो अवसरमा निर्माताले नयाँ फिल्म ‘स्वाहाः’ निर्माणको घोषणा गरे । थिम पोस्टर सार्वजनिक गर्दै मेकरले फिल्म बनाउने जनाएका छन् ।नयाँ फिल्मलाई मित्रले निर्माण तथा निर्देशन गर्नेछन् । शिवम अधिकारी पटकथा तथा संवाद लेखक रहने फिल्ममा रोशनको शीर्ष भूमिका हुने जनाइएको छ ।हिमाली भेगको कथामा निर्माण गरिने फिल्म ‘स्वाहाः’को बजेट झण्डै ४ करोड रुपैयाँ हुने बताइएको छ ।




.gif)





