images

२०८३ आश्विन १५ गते

images
images
images
  • पूर्वाधार
  • गुल्मीको कालीगण्डकी करिडोर र डहरे खोलामा...

गुल्मीको कालीगण्डकी करिडोर र डहरे खोलामा यातायात सञ्चालन

गुल्मीको कालीगण्डकी करिडोर र डहरे खोलामा यातायात सञ्चालन

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • गुल्मी । गुल्मीको कालीगण्डकी करिडोर र डहरे खोलामा यातायात सञ्चालनमा आएको छ । शुक्रबार बिहानैदेखि अवरुद्ध सडक सुरु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    images
    images

    कालीगण्डकी गाउँपालिका-२ राक्सेमा माथिबाट खसेको पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध बनेको थियो । साथै सत्यवती गाउँपालिका-६ मा पानीको बहाव बढेपछि डहरे खोलामा सडक अवरुद्ध बनेको थियो ।

    वर्षा रोकिएपछि दुवै सडकखण्डको अवरुद्ध खण्ड सञ्चालन भएको हो । सडक अवरुद्ध हुनासाथ दुवै ठाउँमा खुलाउने प्रयास गरिएको थियो । कालीगण्डकी करिडोर चीन भारत जोड्ने सबैभन्दा छोटो दूरीको सडक मार्ग हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend