images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • पूर्व विश्व कीर्तिमानी कृष्ण पाण्डेयद्वारा दोस्रो...

पूर्व विश्व कीर्तिमानी कृष्ण पाण्डेयद्वारा दोस्रो गिनिज विश्व रेकर्ड प्रयास ड्यालस, टेक्ससमा ऐतिहासिक तयारी

पूर्व विश्व कीर्तिमानी कृष्ण पाण्डेयद्वारा दोस्रो गिनिज विश्व रेकर्ड प्रयास ड्यालस, टेक्ससमा ऐतिहासिक तयारी

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • टेक्ससको नेपाली समुदाय ऐतिहासिक क्षण्का लागि तयारी अवस्थामा रहेको छ । पूर्व गिनिज विश्व रेकर्ड (Guinness World Recored) होल्डर श्री कृष्ण पाण्डेय आफ्नो दोस्रो विश्व कीर्तिमान कायम गर्ने लक्ष्यसहित आधिकारिक रुपमा “५० शव्द उल्टो स्पेलिङ गर्ने सबैभन्दा छिटो” शीर्षकमा प्रतिस्पर्धा गर्न लाग्नु भएको छ । कार्यक्रम सेप्टेम्बर २१, २०२५ (आइतबार), दिउँसो २ः०० बजे देखि ५ः०० बजे सम्म, डिएफडब्लु, टेक्सस, यूएसए (DFW, Texas, USA)मा आयोजना हुने भएको छ ।

    images
    images

    यस महत्वपूर्ण अवसरको जानकारी दिनको लागि प्रेस भेटघाट कार्यक्रम अगस्ट २४, २०२५, दिउँसो २ः०० बजे, एनसीएससी  (NCSC)परिसर, ड्यालस, टेक्सस मा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रम एनआरएन यूएसए, टेक्सस, च्याप्टर (NRN USA, Texas Chapter) र नेप्लिज सोसाइटी या टेक्सस (एनएसटी) (Nepalese Society of Texas [NST])को संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समुदायका अगुवा, मिडिया तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

    पाहिल्यै गिनिज विश्व रेकर्ड कायम गरिसक्नु भएका पाण्डेयले दोश्रो कीर्तिमान तोड्ने आफ्नो दृढ इच्छाशक्ति व्यक्त गर्दै, यो उपलब्धि व्यक्तिगतमात्र नभई विश्वभरका नेपालीहरुको गौरव हेने कुरा बताउनुभयो ।

    images
    images

    कार्यक्रम विवरणः
    मितिः सेप्टेम्बर २१, २०२५ (आइतबार)
    समयः दिउँसो २ः०० बजे — ५ः०० बजे
    स्थानः  डिएफडब्लु, टेक्सस, यूएसए (DFW, Texas, USA)
    रेकर्ड प्रयासः ५० शब्द उल्टो स्पेलिङ गर्ने सबैभन्दा छिटो 

    आयोजकहरुले सम्पूर्ण समुदायका सदस्य, शुभेच्छुक तथा मित्रहरुलाई कार्यक्रममा सहभागी भई समर्थन गर्न हार्दिक आग्रह गरेका छन । यस अवसरले नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय पहिचान र गौरवलाई थप उचाल्ने विश्वास गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend