images

२०८३ आश्विन १८ गते

images
images
images

किरण नेपालीको निर्देशनमा 'महादशा' बन्ने, प्रि-टिजर सार्वजनिक

किरण नेपालीको निर्देशनमा 'महादशा' बन्ने, प्रि-टिजर सार्वजनिक

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • निर्माता किरण नेपालीको निर्देशनमा फिल्म 'महादशा' निर्माण हुने भएको छ। उनको डेब्यु निर्देशनमा बन्न लागेको फिल्मको बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको हो।कार्यक्रममा फिल्मको प्रि–टिजर समेत सार्वजनिक गरियो। लेकाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्मको प्रि-टिजर बुढासुब्बाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। किरण यसअघि दर्जनौँ फिल्ममा निर्माताको रूपमा संलग्न भइसकेका छन्।

    images
    images

    'महादशा' को प्रि-टिजरमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरीको 'भ्वाइस ओभर' सुन्न सकिन्छ भने प्रेमा लामगादे र हाकिम गुरूङ लगायतलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ। फिल्ममा रेअर राईको पनि शीर्ष अभिनय रहनेछ। अन्य कलाकारबारे छिट्टै जानकारी दिइने निर्माण पक्षले जनाएको छ।मनिष गौतमको लेखन रहेको फिल्मको निर्मातामा राजे के. शाह, श्याम मगर र अमला देवी राई छन्। कार्यकारी निर्माता सुरज आचार्य हुन्।फिल्मले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend