images

२०८३ आश्विन १८ गते

images
images
images

गणेश चतुर्थी पर्व आज विशेष श्रद्धा भक्तिसाथ मनाइँदै

गणेश चतुर्थी पर्व आज विशेष श्रद्धा भक्तिसाथ मनाइँदै

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौँ । ११ भदौ, अग्रपूजाका अधिकारी, विघ्नहर्ता भगवान् गणेशको पूजा–आराधना गरी आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्व आज श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ मनाइएको हो।

    images
    images

    शास्त्रीय मान्यता अनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ। यस अवसरमा काठमाडौं उपत्यकाका प्रमुख विनायकहरू—अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश—लगायत देशभरका गणेश मन्दिरहरूमा विशेष पूजा गरिएको छ।

    शिव–पार्वतीका पुत्र भगवान् गणेशलाई जुनसुकै धार्मिक कार्यमा अग्रपूजाको अधिकार प्राप्त छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष तथा धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, आजको दिन हरितालिका तीजको व्रत पारायण गरेपछि गणेशको व्रत गर्ने परम्परा रहेको छ।

    images
    images

    गणेश पुराणमा उल्लेख भए अनुसार, भाद्र शुक्ल तृतीयामा सुखी दाम्पत्य जीवन तथा सुख–शान्तिको कामना गर्दै व्रत बसेका महिलाहरूले चतुर्थीका दिन विघ्न नआओस् भन्ने कामना सहित गणेश पूजा गर्ने विधान छ। बिहान हरितालिका व्रतको पारायण गरी मध्याह्नकालमा गणेश पूजा आराधना गरी अघ्र्य दिने परम्परा छ।

    यस अवसरमा नेवार समुदायमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा पनि रहेको छ।

    विसं २०६५ देखि गणेश चतुर्थीको भोलिपल्ट राजधानी काठमाडौँ सहित देशका प्रमुख सहरहरूमा गणेश रथयात्रा निकाल्ने परम्परा शुरु गरिएको हो। यस्तै, विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएकाले यस दिनलाई धर्मसभा स्थापनाको वार्षिकोत्सवका रूपमा पनि मनाउने गरिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend