images

२०८३ आश्विन १७ गते

images
images
images

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू उत्साहित भएका छन् । गाईभैँसी र बाख्रापालकलाई दिँदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि सागसब्जी खेती गर्ने किसानलाई पनि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख सुरत केसीले बताए । “किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ’, उनले भने, “बजेट बढाएर साना किसानलाई पनि समेट्ने गरी कार्यविधि बनाएका छौँ ।’

    images
    images

    चालु आव २०८२/८३ मा उत्पादनमा आधारित अनुदानका लागि दूधमा रु १५ लाख, साज सब्जीमा रु १० लाख र मासुमा रु सात लाख ५० हजार बजेट विनियोजन गरेको नगरपालिकाले आवेदन सङ्कलन गरेर लाभग्राही छनोटको प्रक्रियाअघि बढाएको छ । आव २०८१/८२ मा १८ जना गाईभैँसीपालक कृषकले रु १० हजारदेखि ४५ हजारसम्म गरी कूल रु पाँच लाख ५० हजार र २८ जना बाख्रापालकले रु सात लाख ५० हजार अनुदान पाएका नगरपालिकाका पशु चिकित्सक आशिष सापकोटाले बताए ।

    आव २०८०/८१ मा ३२ जना बाख्रापालक कृषकले रु छ लाख ४४ हजार ९८० र १८ जना दुग्ध उत्पादक कृषकले रु पाँच लाख अनुदान पाएका थिए । बेनी नगरपालिका–७ कुरिलाखर्कका भैँसीपालक कृषक सुरेश ढुङ्गानाले उत्पादनमा आधारित अनुदानले किसानलाई प्रोत्साहन मिलेको, उत्साहित बनाएको र व्यवहारिक भएको बताए । बेनी नगरपालिकाले उत्पादनका आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएको छ । कार्यविधिअनुसार कम्तीमा आठ वटा माउबाख्रा र तीन वटा दूध दिने गाईभैँसी पालेका किसानले अनुदान पाउँछन् । किसानले पालेका पशुको सङ्ख्याको आधारमा वर्गीकरण गरेर अनुदान पाउने व्यवस्था मिलाइएको छ । 

    images
    images

    पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर –८ कालीपुलमा कृषि बजार सञ्चालन गर्न भवन निर्माणाधीन छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend