images

२०८३ आश्विन १८ गते

images
images
images

विजयले साइन् गरे अर्को फिल्म ‘जिरो डिग्री’

विजयले साइन् गरे अर्को फिल्म ‘जिरो डिग्री’

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं – नायक विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै हराएको मान्छे’ सकारात्मक प्रतिक्रियाको साथ प्रदर्शनरत छ । उनी फिल्म ‘मालती मङ्गले’को वर्कसपमा पनि सहभागी भइरहेका छन् ।उनलै विजयले अर्को फिल्म ‘जिरो डिग्री’ साइन गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’का दुई निर्देशक सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशनमा यो फिल्म बन्न लागेको हो ।

    images
    images

    निर्माण पक्षले फिल्ममा विजय अनुबन्ध भएको सोमबार सार्वजनिक गरेको हो । मिनिमल पोस्टर सार्वजनिक गरी फिल्म निर्माणबारे औपचारिक जानकारी दिइएको हो ।उक्त पोस्टरमा खटमा डिप फ्रिज बोकेर केही मान्छेहरु हिडिरहेको देख्न सकिन्छ । फिल्मको कथा यही फ्रिज वरपर घुम्ने निर्देशक काफ्लेले बताए ।

    उनले भने, ‘यो फिल्मको कथा सडक नभएको गाउँको हो । यसको कथा बुवा–आमाको शव विदेशमा रहेका छोराछोरी आइपुगुञ्जेल जोगाउन फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ।’यो फिल्मको कथा राजन भुसालले लेखेका हुन् । पटकथा र संवाद निर्देशकद्वय मिलेर तयार पारेका हुन् । यसको छायाङ्कन तिहापछि गर्ने योजनामा रहेको निर्देशक बरालले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend