images

२०८३ आश्विन १८ गते

images
images
images

युट्युबमा धेरै हेरिनेमा यसपालि पनि विष्णु माझीको तीज गीत नै अगाडि

युट्युबमा धेरै हेरिनेमा यसपालि पनि विष्णु माझीको तीज गीत नै अगाडि

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • यसवर्ष पनि गायिका विष्णु माझीको तीज गीतले युट्युबमा सर्वाधिक भ्युज पाएको छ। उनको गीत 'म त नराउरी' तीजको अघिल्लो दिन सोमबार दिउँसोसम्म युट्युबमा ७३ लाखभन्दा बढीपटक हेरिएको छ। जुन भ्युज यसवर्ष सार्वजनिक तीज गीतमध्ये सबभन्दा बढी हो। गत वर्ष तीजमा पनि सर्वाधिक चर्चामा विष्णु माझीकै गीत 'आइनँ आमा यो तीजमा' थियो। 

    images
    images

    यसवर्ष सुरूवाती चरणमा गायिका एलिना चौहान र खेम सेञ्चुरी तथा समीक्षा अधिकारीको गीतले अग्रता लिए पनि अन्ततः विष्णु माझीको गीतले युट्युब भ्युजमा अरूलाई पछि पारेको हो। सार्वजनिक भएदेखि नै चर्चामा रहेको 'म त नराउरी' १२ दिनअघि सार्वजनिक भएको थियो। रिलिजको छोटो समयमै यसले भ्युजमा अन्य गीतलाई पछि पारेको हो। 

    यसवर्ष सर्वाधिक हेरिनेको दोस्रो स्थानमा खेम सेञ्चुरी, समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर रहेको 'नत्र भने जिन्दगी व्यर्थ छ' छ। यो गीतलाई युट्युबमा ६३ लाखभन्दा बढीपटक हेरिएको छ। एक महिनाअघि सार्वजनिक यो फिल्म 'कोशेढुंगा' मा समावेश गीत हो। यस गीत टिकटकमा समेत निकै चर्चामा छ।युट्युबमा धेरै भ्युज पाउनेमा तेस्रो स्थानमा एलिना चौहानको स्वर रहेको 'छोरीको शीर आमा' बोलको गीत छ। यो गीत केही दिनअघिसम्म भ्युजमा सबभन्दा अगाडि थियो। यस गीतले युट्युबमा ६१ लाखभन्दा बढी भ्युज पाएको छ। चौथो स्थानमा लक्ष्मी मल्लको स्वर रहेको 'तीजका गीत कस्ता हुन्थे' छ। यो गीतलाई दुई सातामै झन्डै ६० लाखपटक हेरिएको छ।

    images
    images

    यी हुन् युट्युबमा धेरै हेरिएका यसपालिका चार तीज गीतहरू:-

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend